प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले हरायो कर्णालीलाई

काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ।
आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मधेशले कर्णालीलाई ६१ रनले हराएको हो।
मधेशको जितका लागि २३२ रनको लक्ष्य पछ्याएको कर्णाली ४१.१ ओभरमा १७० रनमा समेटियो। कर्णालीका अर्जुन घर्तीले ५८ रन बनाए। मधेशका राजेश यादवले तीन विकेट लिए।
त्यसअघि, टस जितेर ब्याटिङ रोजेको मधेशले ५० ओभरमा ९ विकेट गुमाउँदै २३१ रन बनाएको थियो। मधेशका कप्तान हरिशंकर साह र मयन यादवले समान ५०/५० रन बनाए। कर्णालीका दीपेन्द्र रावतले चार विकेट लिए।
पाँच खेलमा तीन जितसहित मधेश तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पराजित कर्णाली ४ अंकका साथ सातौँ स्थानमा छ।
माघ ६, २०८० शनिबार १७:२५:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।