पेरिसडाँडामा माओवादी स्थायी कमिटी बैठक जारी

काठमाडौं : माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको छ।
प्रवक्ता अग्नि सापकोटाका अनुसार बैठकमा पार्टीको विधान संशोधनबारे मुख्य एजेन्डा रहेको छ।
माओवादीले आगामी फागुनको पहिलो साता विधान सम्मेलन गर्दैछ। पार्टीको विधान मस्यौदा समितिले १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको थियो। उक्त प्रस्तावमाथि पनि आजको बैठकमा छलफल हुने उनले बताए।
त्यस्तै, बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षा पनि हुनेछ। स्थायी समिति बैठकअघि पार्टीको पदाधिकारी बैठक बसेको थियो। माओवादीले गत भदौ १६ देखि यही पुस १६ सम्म रुपान्तरण विशेष अभियान सञ्चालन गरेको थियो ।
पुष २८, २०८० शनिबार १५:२८:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।