एनसेलले ५० रुपैयाँभन्दा माथिको रिचार्जमा १ हजार एमबीसम्मको बोनस डेटा दिने

एनसेलले ५० रुपैयाँभन्दा माथिको रिचार्जमा १ हजार एमबीसम्मको बोनस डेटा दिने

काठमाडौं : एनसेलले ५० रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा १ हजार एमबीसम्मको बोनस डेटा दिने भएको छ।

एनसेल आजियाटा लिमिटेडले पुस २४ गतेदेखि लागू हुने गरी ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजना अन्तर्गत प्रदान गरिँदै आएको डेटा बोनसको भोल्युम दोब्बर बनाएको हो।

यो अफरमा अब ग्राहकले प्रत्येक रिचार्जमा १ हजार एमबीसम्मको डेटा निःशुल्क प्राप्त गर्दछन्। यसरी पाइने बोनस डेटा अल टाइम वा राति ११ बजेदेखि अर्को दिनको साँझ ६ बजेसम्म प्रयोग गर्न मिल्छ।

बोनस डेटा रिचार्ज गरिएको समयदेखि २४ घण्टासम्म मान्य रहनेछ। एनसेल सापटी मार्फत प्राप्तब्यालेन्स र ब्यालेन्स ट्रान्सफरको ब्यालेन्स बाहेक सबै तरिकाबाट गरिएको रिचार्जमा यो बोनस डेटा लागू हुन्छ।

यसअघि प्रत्येक रिचार्जमा ५०० एमबीसम्म डेटा पाइने गरि यो बोनस डेटा योजना मंसिर २५ बाट सञ्चालनमा ल्याइएको थियो।

पुष २७, २०८० शुक्रबार १३:२१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।