मन्त्रिपरिषद् बैठकमा हुँदै आएको ६० हजार खाजा खर्च कटौती

काठमाडौं : मन्त्रिपरिषद्को बैठकमा हुँदै आएको खाजा खर्च कटौती भएको छ।
सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा खाजा खर्च कटौती गरिएको जानकारी प्रधानमन्त्री स्वयंले गराएको उनको सचिवालयले जनाएको छ।
सुधारको घोषणा आफैँबाट सुरू गर्नुपर्छ भन्ने ध्येयका साथ सोमबारदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
प्रत्येक मन्त्रिपरिषद् बैठकमा खाजाबापत करिब ६० हजार रुपियाँ खर्च हुने गरेको थियो। वर्षमा एक सयभन्दा बढी मन्त्रिपरिषद्का बैठकमा हुने करिब ६० लाख रुपियाँ खर्च कम हुने आचार्यले बताए।
नयाँ व्यवस्था अनुसार बैठकमा सामान्य खाजा खुवाउन सुरु गरिएको छ।
पुष १७, २०८० मंगलबार ०८:५७:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।