स्वास्थ्य चौकीको कम्पाउन्डमा लडेर एक जनाको मृत्यु

स्वास्थ्य चौकीको कम्पाउन्डमा लडेर एक जनाको मृत्यु

काठमाडौं : स्वास्थ्य चौकीको कम्पाउन्डमा लडेर एक जनाको मृत्यु भएको छ।

दोलखाको बिगु गाउँपालिका-४ स्थित स्वास्थ्य चौकीको कम्पाउन्डमा लडेर गोरपाङका ७० वर्षीय करलमु शेर्पा घाइते भएका थिए।

उपचारका लागि दोलखास्थित धुलिखेल शाखा अस्पताल ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

पुष १५, २०८० आइतबार १२:३८:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।