नयाँ वर्षमा फूडमान्डुको अफर, ४० रेस्टुरेन्टमा ३० प्रतिशतसम्म छुट

काठमाडौं : नेपालको पहिलो फूड डेलिभरी कम्पनी फूडमान्डुले अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै न्यू इयर फिस्ट अफर लिएर आएको छ।
अफरअन्तर्गत काठमाडौंका ४० वटाभन्दा बढी रेस्टुरेन्टहरूको पुरै मेनुमा ३० प्रतिशतसम्म आकर्षक डिस्काउन्ट प्रदान गरिने कम्पनीले जनाएको छ।
यसका साथै ग्राहकहरूले हरेक दिन फरक-फरक डिस्काउन्ट भौचर कोड पनि प्राप्त गर्न सक्नेछन्। उक्त भौचर कोड फूडमान्डुको एप र फूडमान्डुको फेसबुक पेज मार्फत प्राप्त गर्न सकिनेछ।
फूडमान्डुका ब्रान्ड एण्ड मार्केटिङ मेनेजर इनेशा भट्टराईले अफरको फाइदा लिएर अंग्रेजी नयाँ वर्ष मनाउन आग्रह गरिन्।
माघ १७ गतेसम्म लागू हुने अफरबाट लाभ लिनको लागि फूडमान्डुुको वेबसाइट वा फूडमान्डुको एप मार्फत फूड अर्डर गर्न सकिनेछ।
पुष १४, २०८० शनिबार ०९:०९:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।