१०० रुपैयाँले सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं : आज नेपाली बजारमा सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० रूपैयाँले बढेको हो।
आइतबार छापावाल सुन तोलामा एक लाख १९ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार उक्त सुन तोलामा एक लाख १९ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १९ हजार ३५० रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य भने तोलामा १० रूपैयाँ घटेको छ। महासंघका अनुसार चाँदी तोलामा एक हजार ४७५ रूपैयाँमा कारोबार भइरहेको छ।
पुष ८, २०८० आइतबार १२:३३:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।