काठमाडौंको तापक्रम वर्षकै कम, ५ डिग्री सेल्सियस भन्दा तल झर्यो

काठमाडौं : काठमाडौं उपत्यकाको तापक्रम यस वर्षकै कम भएको छ।
बुधबार वर्षको सबैभन्दा कम भएको तापक्रम बिहीबार बिहान झन् कम भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार बिहीबार बिहान पौने छ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ।
बुधबार उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो। उपत्यकाकाे तापक्रम घट्ने क्रम अझै जारी रहेकाले चिसोबाट बच्न र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
बिहीबार दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
पुष ५, २०८० बिहीबार ०८:२९:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।