तराईमा हुस्सु र कुहिरो, काठमाडौंको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस

काठमाडौं : पश्चिमी वायुको आंशिक प्रभावका कारण हाल देशको पहाडी भुभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ।
दिउँसो लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
आइतबार बिहान ८ बजेर ४५ मिनेटमा काठमाडौंको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस रहेको छ। केही दिनअघि काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियससम्म झरेको थियो।
राती लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
पुष १, २०८० आइतबार ०९:०१:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।