सैनिक मञ्चमा श्रीमतीसँगै गमक्क परेका मेयर बालेन
 
                    
                    
                    
                    काठमाडौँ : मेयर बालेन्द्र शाहले काठमाडौँ महानगरपालिकाको २९ औँ महानगर दिवस खुल्लामञ्चमा प्रधानमन्त्रीलाई प्रमुख अतिथि बनाएर मनाए।
खुल्लामञ्चमा नगर प्रहरीको कवाजसँगै नेपाल प्रहरीको ब्यान्डले साङ्गीतिक प्रस्तुति दिएका थिए। कार्यक्रमको मूल मञ्चमा मेयर बालेन्द्र श्रीमतीसँगै बसेका थिए।
 श्रीमती चढेको गाडी ट्राफिकले रोक्दा' सिंहदरबार जलाउने' विवादित अभिव्यक्ति दिएपछि बालेन श्रीमतीसँगै औपचारिक कार्यक्रममा सँगै सहभागी भएको यो पहिलो हो।
श्रीमती चढेको गाडी ट्राफिकले रोक्दा' सिंहदरबार जलाउने' विवादित अभिव्यक्ति दिएपछि बालेन श्रीमतीसँगै औपचारिक कार्यक्रममा सँगै सहभागी भएको यो पहिलो हो।
बालेन पत्नी, बालेन अनि प्रधानमन्त्री प्रचण्ड लगायत पहिलो लहरमा बसेका थिए। बालेन मञ्चमा श्रीमतीसँग गफिन व्यस्त देखिएका थिए भने प्रधानमन्त्रीसँग पनि उनले हल्का गफ गर्न भ्याए मञ्चमा।
 महानगरले वसन्तपुर क्षेत्रमा महानगर दिवसको कार्यक्रम आयोजना गर्दै आएको थियो। बालेनले २८ औँ महानगर दिवस वसन्तपुरमै मनाएका थिए।
महानगरले वसन्तपुर क्षेत्रमा महानगर दिवसको कार्यक्रम आयोजना गर्दै आएको थियो। बालेनले २८ औँ महानगर दिवस वसन्तपुरमै मनाएका थिए।
यस पटक भने लोकतन्त्र दिवस, सेना दिवस, घोडेजात्रा लगायतका राष्ट्रियस्तरको दिवस मनाउन प्रयोग गरिने सैनिक मञ्च छाने उनले। अनि कवाज, ब्यान्ड बाजा लगायतका कार्यक्रम राखेर महानगर दिवसलाई राष्ट्रिय कार्यक्रमको झल्को दिने प्रयास गरे।
 कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले खुलेर मेयर बालेनको प्रशंसा गरेका थिए।  मेयर बालेनले काठमाडौँको फोहोर व्यवस्थापनमा केन्द्र सरकारको सहयोग मागेका थिए।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले खुलेर मेयर बालेनको प्रशंसा गरेका थिए।  मेयर बालेनले काठमाडौँको फोहोर व्यवस्थापनमा केन्द्र सरकारको सहयोग मागेका थिए। 
मंसिर २९, २०८० शुक्रबार १३:४९:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    