बिहीबारदेखि हुन्डाईको ‘अनबिटेबल एक्सचेन्ज’ अफर सुरू

काठमाडौं : हुन्डाई गाडीको वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले बिहीबारदेखि ‘अनबिटेबल एक्सचेन्ज’ अफर ल्याएको छ।
मंसिर १४ गते बिहीबारबाट सुरू हुने योजनामा आफ्नो कुनै पनि ब्रान्डको गाडी ल्याएर हुन्डाईको इन्धनयुक्त वा विद्युतीय गाडीसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ।
हुन्डाइले आफ्ना ग्राहकको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राखेर यो अफर ल्याएको जनाएको छ। कम्पनीका अनुसार योजना नेपालभरि नै लागु हुने भएकाले आफ्नो नजिकैको हुन्डाइको सोरुममा जान सकिने बताएको छ।
कम्पनीका अनुसार यस एक्सचेन्जमा ग्राहकले आफ्नो गाडीको बजारको प्रचलित मूल्यांकन भन्दा न्यूनतम ५० हजार थप पाउनुका साथै विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरूप ५० हजारसम्मको गो ग्रीन बोनस पनि प्राप्त गर्न सक्ने जनाएको छ।
साथै, विभिन्न मोडलका गाडीको खरिदमा नगद ६ लाखसम्म छुटका साथै हुन्डाई सोरुममा गएर आफ्नो गाडीको मूल्यांकन गराइ र हुन्डाई गाडीको टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरू पनि जित्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
मंसिर १५, २०८० शुक्रबार ०८:४६:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।