तीनकुनेमा संकटकालको झल्को, दौरा सुरुवाल/ढाकाटोपी लाउने र राष्ट्रिय झन्डा बोक्नेलाई धकेल्दै, भ्यानमा कोच्दै
 
                    काठमाडौँ : दुर्गा प्रसाईँले शुक्रवार ११ बजे काठमाडौँ तीनकुनेमा भेला भएर सिंहदरबार र नेताको घर-घर जाने दाबी गरे पनि उनी दिनभर घरबाटै निस्कन पाएनन्। स्थानहद लगाउँदै प्रहरीले उनलाई शुक्रवार घरभित्रै राख्यो।
 यता उनका समर्थकहरू भने फाट्टफुट्ट विरोध प्रदर्शनमा सहभागी हुन तीनकुने आइरहे दिनभर। जो आए ती अधिकांश समातिए नै। प्रसाईँको आन्दोलनसँग सम्बन्धै नभएका पैदल यात्रीले पनि दुख पाए। प्रहरीले मुख्य दौरा सुरुवाल, ढाकाटोपी लगाउने, मुखमा मास्क लगाउने, नेपाली राष्ट्रिय झन्डा बोक्नेहरूलाई लक्षित गर्दै पक्राउ गरेको थियो।

 तीनकुने निषेधित क्षेत्र हैन। तर स्थानीय प्रशासनले निषेधित क्षेत्रमा भन्दा पनि चर्को व्यवहार गर्यो दिनभर तीनकुने क्षेत्रमा। नाराबाजी नगरी सरासर हिँडिरहेका पैदल यात्रुसँग पनि केराकार गरिरहेको थियो प्रहरीले।

 प्रहरीले पैदल यात्रीहरूको मोबाइल समेत जाँचिरहेको देखिन्थ्यो। कतिसम्म भने नजिकै होटेलमा खाजा खान बसेकालाई समेत प्रहरीले जुरुक्क उठाएर भ्यानमा राख्यो। तीनकुनेको माहौलले ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा लागेको संकटकालको झल्को दिन्थ्यो।

मंसिर ८, २०८० शुक्रबार २०:२४:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।