कोशी, बागमती र गण्डकीका उच्च पहाडी भेगमा हिमपात हुने

काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मंगलबार सामान्यतया सफा रहनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।
बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।
महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
चिसो बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।
मंसिर ५, २०८० मंगलबार ०७:१३:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।