महेश बस्नेतको भिडियो सार्वजनिक गर्ने मनोज पक्राउ

महेश बस्नेतको भिडियो सार्वजनिक गर्ने मनोज पक्राउ

काठमाडौं : सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा मनोजकुमार महतो (मनोज मानव) पक्राउ परेका छन्।

साइबर ब्यूरोमा परेको उजुरीको आधारमा उनी बुधबार साँझ कीर्तिपुरबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता पशुपति रायले जानकारी दिए।

मानवले केही दिनअघि फेसबुकमा एमाले नेता महेश बस्नेत र एक युवती देखिएको भिडियो र तस्विर आफ्नो फेसबुकमा राखेका थिए।

पछिल्लो समय उनी नेपाल प्रहरीका पूर्व एआइजी रणबहादुर चन्द र तारा बरालको व्यक्तिगत सम्बन्धबारे सामग्री सम्प्रेषणमा सक्रिय थिए।

मनोज स्टार अनलाइन यूट्युव र अनलाइन सन्चालक हुन्।

साइबर क्राइममा कारबाहीको मागसहित आएको उजुरी र उजुरीसँग राखिएको प्रमाणको आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको रायले बताए।

कात्तिक २३, २०८० बिहीबार १२:५४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।