१९ वर्षीय किशोरीलाई बारीमा लगेर बलात्कार

१९ वर्षीय किशोरीलाई बारीमा लगेर बलात्कार

पाल्पा : १९ वर्षीया किशोरीलाई बारीमा लगेर बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

बलात्कारको अभियोगमा गुल्मी ईस्मा गाउँपालिका-६ बस्ने २६ वर्षीय जिज्ञाश दाहाललाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

तानसेन नगरपालिका-८ तल्लो डुम्रे बस्दै आएकी ती किशोरीलाई दाहालले सोही ठाउँस्थित बारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो।

सोही उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कात्तिक २२, २०८० बुधबार १२:३६:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।