जाजरकोट भूकम्प (अपडेट) : १५७ जनाको मृत्यु, २५३ जना घाइते

काठमाडौं : जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी ज्यान गुमाउनेको संख्या एक सय ५७ जना पुगेको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरण अनुसार जाजरकोटमा १ सय पाँच जना र रुकुम पश्चिममा ५२ जना गरी एक सय ५७ जनाको मृत्यु भएको हो।
भूकम्पमा परी २ सय ५३ जना घाइते भएका छन्। जाजरकोटमा १ सय १२ जना र रुकुम पश्चिममा १ सय ३२ जना घाइते भएका हुन्। जुम्लाका ५ जना तथा दैलेख र सल्यानका दुई /दुई जना घाइते भएका छन्।
सरकारले आज भूकम्प पीडितका लागि विशेष राहतको घोषणा गर्ने तयारी गरेको छ। त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान ८ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
कात्तिक १९, २०८० आइतबार ०७:४३:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।