युट्युबमा रिलिज भयो सर्वाधिक कमाउने नेपाली फिल्म ‘कबड्डी ४’

काठमाडौं : सर्वाधिक कमाउने नेपाली फिल्मको कीर्तिमान बनाएकाे ‘कबड्डी ४ : द फाइनल म्याच’ युट्युबमा रिलिज भएको छ।
गत वर्ष जेठ १४ गते रिलिज भएको फिल्म ‘कबड्डी ४’ निर्माता कम्पनी बाँसुरी फिल्म्सले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको हो।
फिल्मलाई युटुबमा दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छन्।
रामबाबु गुरुङको निर्देशित फिल्ममा दयाहाङ राई, मिरुना मगर, सौगात मल्ल, बिजय बराल, बुद्दि तामाङ लगायतका कलाकारको अभिनय छ।
हलबाट मात्र २२ करोडको् ग्रस कलेक्शन गरेको फिल्मले विदेशी बजारबाट पनि राम्रो कमाई गरेको थियो। यो फिल्मले सर्वाधिक कमाई गरेपछि यस फिल्मका निर्देशक गुरुङले ‘कबड्डी ५’को तयारीमा समेत जुटेका छन्।
उनले ‘कबड्डी ४’ लाई सिरिजको अन्तिमका रुपमा लिएका थिए। फिल्मले राम्रो कमाई गरेपपछि उनी अर्को सिक्वेलमा लागेका हुन्।
उनले लगानी गरेको फिल्म ‘जारी’ यस वर्षको सुपरहिट फिल्म बनेको छ। गत बैशाख १ गते यो फिल्म रिलिज भएको थियो।
कात्तिक १४, २०८० मंगलबार १९:४९:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।