मलेसियाविरूद्ध नेपालले लियो तेस्रो विकेट

मलेसियाविरूद्ध नेपालले लियो तेस्रो विकेट
फाइल फोटो

काठमाडौं : नेपालमा जारी आइसिसी टी-२० विश्वकप छनोटमा नेपालले मलेसियाविरूद्ध तेस्रो विकेट लिएको छ। 

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा टस जितेको मलेसियाविरुद्ध नेपालले पावर प्ले सकिनु दुई बलअघि पहिलो विकेट लिन सफल भएको थियो। नेपालका अभिनास बोहराले जुबइदीलाई २४ रनमा क्याच आउट गरे। 

अर्को ‌ओभरमा नेपालले अहमद फाइजलाई ३ रनमा रनआउट गर्न सफल भयो।

मलेसियाको तेस्रो विकेट गुमेको छ। सन्दीप लामिछानेको बलमा विरन्दीप सिंह आउट भएका छन्। ११ ओभर समाप्त, मलेसियाले ३ विकेटको क्षतिमा ९० रन जोडेको छ।

मलेसियाका कप्तान अहमद फैजले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपाल बलिङमा तानिएको थियो।

पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले विजयी भएको थियो भने मलेसिया हिजोको खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो।

नेपाल र मलेसियाबीच भएको पाँच खेलमा नेपालले चार जित्दा मलेसियाले एउटा खेल जितेको थियो।

नेपालले आजको खेलमा कुनै परिवर्तन गरेको छैन। नेपालका दीपेन्द्रसिंह ऐरी खुट्टामा चोटका कारण टोलीमा छैनन्। दीपेन्द्रको स्थानमा विवेक यादवलाई निरन्तरता दिएको छ। टोलीमा नेपालले कुनै परिवर्तन गरेको छैन।

कात्तिक १४, २०८० मंगलबार १४:१२:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।