युनाइटेडमाथि सिटीको शानदार जित, हाल्यान्ड एक्लैले गरे दुई गोल

युनाइटेडमाथि सिटीको शानदार जित, हाल्यान्ड एक्लैले गरे दुई गोल

काठमाडौं : स्ट्राइकर एर्लिङ हल्यान्ड चम्किएपछि म्यानचेष्टर युनाइटेडमाथि सिटीले शानदार जित निकालेको छ।

गएराति युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेल सिटीले ३-० ले जितेको हो।

सिटीको जितमा अर्लिङ हाल्यान्डले दुई गोल र एक असिस्टसहित शानदार प्रदर्शन गरे।

जितपछि सिटी तेस्रो स्थानमा छ। १० खेलबाट समान २४ अंक रहेपछि सिटी आर्सनलभन्दा तल छ।

समान खेलबाट २६ अंकसहित टोटनह्याम शीर्षस्थानमा छ। १५ अंकसहित युनाइटेड आठौं स्थानमा छ।​

गएराति नै भएको खेलमा लिभरपुलले नटिंघम फोरेष्टलाई ३-० ले हराउँदा वेष्ट हमलाई एभर्टनले १-०, एष्टन भिल्लाले लुटन टावनलाई ३-१ तथा ब्राइटन र फुलहमले १–१ गोलको बराबरी खेले।

कात्तिक १३, २०८० सोमबार ०७:४२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।