सन्दीप लामिछानेको पुनरागमनले टिम एकदमै ब्यालेन्स भएको छ : कप्तान पौडेल

काठमाडौं : सोमबारबाट काठमाडौंमा सुरु हुने टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सम्पूर्ण तयारी पूरा भएको छ।
अर्को वर्ष वेष्ट इण्डिज र अमेरिकले संयुक्तरुपमा आयोजना गर्न लागेको विश्वकप छनौट प्रतियोगीताका लागि एसिया क्षेत्रका खेलहरु भोलिबाट नेपालमा हुँदैछन्।
आइतबार त्रिवि क्रिकेट मैदानमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल क्रिकेट संघ क्यानले खेलको सबै तयारी पूरा भएको जनाएको छ।
सम्मेलनमा बोल्दै नेपाली टिमका कप्तान रोहित कुमार पौडेलले टिममा पूर्व कप्तान सन्दीप लामिछानेको पुनरागमनले टिमलाई ब्यालेन्स गरेको बताएका छन्।
उनले भने, ‘स्याण्डी दाइ आएपछि टिम एकदमै ब्यालेन्स भएको छ, बलिङ स्ट्रोङ भएको छ।’
नाबालिग बलात्कारको मुद्दा खेपिरहेका लामिछानेले केहि दिनअघि आफ्नो मुद्दा टुंगोमा नपुग्दासम्म राष्ट्रिय टिमाबाट अलग हुने घोषणा गरेका थिए।
तर, विभिन्न व्यक्ति तथा क्यानको पहलमा उनले एसिया क्षेत्रको छनोट खेल्न तयार भएको क्यान स्रोतले जनाएको छ। लामिछानेसँगै टिममा विकेट किपर विनाद भण्डारीलेसमेत पुनरागमन गरेका छन्।
कात्तिक १२, २०८० आइतबार १२:३४:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।