कांग्रेसले पनि कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने

कांग्रेसले पनि कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने

काठमाडौं : नेपाली कांग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ।

पार्टीको प्रदेश कार्यलयमा बसेको बैठकले कार्कीलाई विश्वासको मत दिने र सत्ता पक्षको बेञ्चमा बस्ने निर्णय गरेको हो।

कांग्रेस संसदीय दलको नेताबाट राजीनामा दिएका उद्धव थापाकै अध्यक्षतामा दलको बैठक बसेको थियो। तत्काल थापाको राजीनामा स्वीकृत नभएको भन्दै थापाकै नेतृत्वमा बैठक बसेको बताइएको छ। 

माओवादी र एककिृत समाजवादीले मुख्यमन्त्री कार्कीलाई यसअघि नै मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने बताइसकेको छ। 

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले आफू नियुक्त भएको एक हप्ताभित्रै विश्वासको मत लिन लागेका हुन्। 

यसअघि नियुक्त भएका मुख्यमन्त्रीहरूले विश्वासको मत लिने तालिका ३०औँ दिनसम्म पुग्ने गरेको थियो।

तर, एमालेका ३९ र कांग्रेसका ८ सांसदको विद्रोहपछि मुख्यमन्त्री बनेका कार्की एक साताभित्र विश्वासको मत लिने तयारीमा जुटेका हुन्।

कात्तिक १, २०८० बुधबार १२:३६:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।