डेंगुबाट तनहुँमा ६ वर्षीय बालकको मृत्यु

तनहुँ : डेंगु सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिका-४ शितलचोकका ६ वर्षीय बालकको ज्यान गएको छ।
दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा उनको आज (शुक्रबार) मृत्यु भएको हो।
६ वर्षीय बालकको निधनसँगै व्यास नगरपालिकामा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ।
डेंगु सङ्क्रमणबाट गत असार १६ गते व्यास नगरपालिका–१० निवासी ३५ वर्षीय युवा, असोज २ गते व्यास नगरपालिका–११ निवासी १५ वर्षीय किशोर, असोज ८ गते व्यास नगरपालिका–२ निवासी १३ वर्षीया बालिका र असोज २० गते व्यास नगरपालिका–२ निवासी ३४ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
असोज २६, २०८० शुक्रबार १२:४०:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।