आज विश्व मानसिक स्वास्थ्य दिवस

काठमाडौं : विश्व मानसिक स्वास्थ्य दिवस आज (मंगलबार) नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
हरेक वर्षको अक्टोबर १० मा पर्ने यो दिवस यस वर्ष मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि मूलक कार्यक्रम गरी मनाइँदैछ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत पाँच वर्षदेखि मानसिक स्वास्थ्यको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।
संयुक्त राष्ट्र सङ्घको दिगो विकास लक्ष्य (२०१६–२०३०)मा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी मानसिक स्वास्थ्यको प्रवर्द्धन र नसर्ने रोगबाट हुने मृत्यु दरलाई एक तिहाइले कम गर्ने लक्ष्य छ।
असोज २३, २०८० मंगलबार ०९:३३:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।