सामसुङले ल्यायो चाडवाड अफर, टिभी किन्दा ४१ हजारको साउण्डबार सित्तैमा

काठमाडौं : दशैं–तिहारको मौकामा सामसङ नेपालले ‘रमाइलो दशैं तिहार, मायाले भरौ घर परिवार’को चाडपर्व अफर घोषणा गरेको छ।
सामसङको टेलिभिजन सेट र होम अप्लायन्सहरू घर ल्याउँदा ४१ प्रतिशतसम्मको छुटको समेत घोषणा गरेको हो।
होम थियेटर एक्सपिरिएन्स अफरको साथ ग्राहकहरूले सामसङको कुनै पनि नयाँ टिभीसँग टि४००, बि४५०, ए४५०, ति४२० र एमएक्स–ति५० लगायत जुन पनि साउण्डबारको खरिद गर्दा बन्डल छुट पाउन सक्नेछन्।
ग्राहकहरूले दशैं–तिहारको मौकामा सामसङको नवीनतम टिभी नियो क्युएलईडी टिभी खरिद गर्दा ४१ हजार ६९० रुपैयाँको बि४५० साउण्डबार सित्तैमा पाउने छन्।
यसका साथै रेफ्रिजेरेटर र वासिङ मेसिनको खरिदमा पनि आकर्षक छुट र पुरस्कारको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
सामसङले आफ्नो यो अफर सबै ग्राहकको लागि सरल बनाउनको लागि झन्झट रहित शून्य प्रतिशत ब्याज भएको ईएमआइ तथा फ्री इन्सटलेसन जस्ता सुविधा पनि प्रदान गरेको छ।
अर्को स्टोरसँगकोे सहकार्य मार्फत ग्राहकहरूले सामसङ प्लाजा गई कुनै पनि उत्पादनहरूमा अपग्रेड गर्दा बेस्ट भ्यालुयसन् अन एक्सचेन्ज सेवाको पनि फाइदा उठाउन सक्ने छन्।
मङ्सिर ४, २०८० सम्म रहेको यो अफर नेपालमा सामसङका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारले उपलब्ध गराएको हो।
असोज १५, २०८० सोमबार २२:२८:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।