एमाले बागमती कमिटी चयनको लागि शुक्रबारलाई सारियो मतदानको कार्यक्रम

काठमाडौं : एमाले बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको निर्वाचन शुक्रबारलाई सारिएको छ।
अब शुक्रबार बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरू हुने निर्वाचन कमिटीद्वारा जारी सूचनमा उल्लेख छ।
अझै सहमतिको प्रयास जारी भएकाले शुक्रबारसम्म मतदानको कार्यक्रम स्थगित गरिएको स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए।
सहमति नजुटे उम्मेदवारी अन्तिम नामावली प्रकाशन ९ बजे प्रकाशन हुने गरी निर्वाचन कार्यतालिका निकालिएको छ।
अध्यक्षमा उम्मेदवारी दिएका कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल अझै अडानबाट पछि हटेका छैनन्।
असोज ११, २०८० बिहीबार १८:५२:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।