प्रचण्ड आज कैलाश-मानसरोवर जाँदै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (बिहीबार) कैलाश पर्वत र मानसरोवर भ्रमणमा जाँदै छन्।
गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका उनी बुधबार तिब्बतको ल्हासा पुगेका थिए।
प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्ने र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।
बुधबार ल्हासा पुगेका प्रधानमन्त्री दाहालले विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकन गरेका थिए।
असोज ११, २०८० बिहीबार ०७:१४:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।