९ वर्षीया बालिका बलात्कृत, ४० वर्षीय पुरुष पक्राउ

९ वर्षीया बालिका बलात्कृत, ४० वर्षीय पुरुष पक्राउ

दाङ : दाङमा ९ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक ४० बर्षीय पुरुषलाई पक्राउ गरेको छ। 

बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा घोराही उपमहानगरपालिका-१४ भेटनरी बस्ने ४० वर्षीय टेक बहादुर विकलाई स्थायी प्रहरी पोष्ट घोराहीको टोलीले पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ। 

बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरी उनी फरार रहेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका  प्रवक्ता एवं डीएसपी जनक बहादुर मल्लले जानकारी दिए। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

असोज १०, २०८० बुधबार १६:५९:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।