मणिपाल अस्पतालमा ‘डाक्टर चुटेर आएँ’ भन्ने इन्स्पेक्टर श्रेष्ठ निलम्बित, डीएसपी जोशी जिल्ला तानिए

मणिपाल अस्पतालमा ‘डाक्टर चुटेर आएँ’ भन्ने इन्स्पेक्टर श्रेष्ठ निलम्बित, डीएसपी जोशी जिल्ला तानिए

पोखरा : मणिपाल शिक्षण अस्पतालमा बिरामीका आफन्त र चिकित्सकसँगको विवाद साम्य पार्न खटिँदा खुलेआम आफूले डाक्टर चुटेर आएको भन्दै भिड उत्साएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठलाई निलम्बन गरिएको छ।

‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्दै आक्रोशित भिडमा अभिव्यक्ति दिएका इन्स्पेक्टर श्रेष्ठलाई निलम्बन गरिएको  प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महारीक्षक बुद्धिराज गुरुङले जानकारी दिए।

श्रेष्ठमाथि थप अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशसिंह कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको समेत उनले बताए। 

यस्तै, शान्ति सुरक्षाकै लागि खटिएका वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी वेद जोशीलाई पनि जिल्ला प्रहरी कार्यालय तानिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए।

सोमबार मणिपाल अस्पतालमा उपचाररत ५७ वर्षीया सुकमाया दुराको निधन भएको थियो। त्यसपछि मृतकका आफन्त र चिकित्सकबिच विवाद उत्पन्न भएको थियो।

चिकित्सकमाथि हातपात भएको भन्दै चिकित्सकहरु आन्दोलित छन्। 

असोज १०, २०८० बुधबार १६:४८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।