एमाले कर्णाली अधिवेशन वीरेन्द्रनगरमा सुरू

एमाले कर्णाली अधिवेशन वीरेन्द्रनगरमा सुरू

सुर्खेत : एमालेको कर्णाली प्रदेश अधिवेशन सुरु भएको छ।

सुर्खेतको वीरेन्द्रनगरस्थित सिटी हलमा वुधबार दिउँसो सुरु भएको अधिवेशनको उद्घाटनका लागि अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल सुर्खेत आइपुगेका छन्। 

उनीहरुले अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ। अधिवेशनमा ५ हजार बढी नेता तथा कार्यकर्ता सहभागी प्रदेश कमिटीले जनाएको छ।

अधिवेशनमा १० जिल्ला र मोर्चा संगठनबाट गी ६०४ जना अधिवेशन प्रतिनिधिले भाग लिनेछन्। 

प्रतिनिधिमध्ये १९५ जना महिला छन् भने समावेशी रुपमा एक सय ११ जना दलित प्रतिनिधि रहेका प्रदेश कमिटीले जनाएको छ। 

असोज १०, २०८० बुधबार १६:०७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।