मानव अधिकार आयोगले सरकारलाई भन्यो : अभियान्ता ईःको स्वास्थ्य अवस्थाबारे संवेदनशील बन

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले साना सडक व्यवसायीलाई विकल्पसहितको व्यवस्थापन माग गर्दै ८ दिनदेखि राष्ट्रिय सभा गृह अगाडी उभिएर धर्ना दिँदै आएका अभियन्ता ‘ई’ को जीवन रक्षाका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
सभा गृह अगाडी उभिएर महानगरपालिकाविरुद्ध धर्ना दिइरहेका अभियान्ता ईःसंग वार्ताको माध्यमबाट यथाशीघ्र समस्याको समाधान गर्न आयोगको आग्रह छ।
आयोगले आफ्नो स्वास्थ्य अवस्थाको ख्याल गरि प्रदर्शनका अन्य विकल्प खोज्न अभियन्ता ‘ई’लाई समेत आग्रह पनि गरेको छ।
‘धर्नामा रहेका व्यक्ति ‘ई’को स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई निजको जीवन रक्षाका लागि पहल गर्न, वास्तविक पीडित र साना सडक व्यवसायीहरुको पहिचान गरी उनीहरुलाई पेशा र रोजगारीको वैकल्पिक व्यवस्था गर्न आयोग नेपाल सरकार र काठमाडौं महानगरपालिको ध्यानाकर्षण गराउँदछ।’ आयोगका सहसचिव टीकाराम पोखरेलले आज विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आयोगका सहसचिव एवम् प्रवक्ता टीकाराम पोखरेलले आज विज्ञप्ति जारी गर्दै भनेका छन्साथै, आफ्नो स्वास्थ्य र जीवन नै जोखिममा पारी कठिन प्रदर्शन नगर्न र प्रर्दशनका अन्य विकल्प खोज्न आयोग सम्बन्धित पक्षलाई पनि आग्रह गर्दछ ।’
‘ई’ले उठाएको साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने माग मानवअधिकार उपभोगसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएको जनाउँदै आयोगले, उनले उठाएका मागमा संवेदनशील बन्न सरकार र काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराएको छ।
साथै आयोगले काठमाडौं महानगरपालिकासँग छलफल गरि समस्या समाधानका लागि पहल गरिरहेको समेत विज्ञप्तीमा उल्लेख छ।
असोज १०, २०८० बुधबार १४:२९:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।