सुन तस्करीका २६ अभियुक्तको बयान सकियो, अब थुनछेक बहस

काठमाडौँ : तीन सय किलो बढी सुन तस्करीको आरोपमा पक्राउ परेका २६ अभियुक्तको बयान सकिएको छ। जिल्ला अदालतमा जारी बयान मङ्गलवार सकिएको हो। अब बुधवारबाट थुनछेक बहस सुरु हुनेछ।
पहिला राजश्व अनुसन्धान विभाग र पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सुन तस्करीमा संलग्न रहेको आरोपमा चिनिया र नेपाली नागरिकलाई पक्राउ गरेको थियो। प्रहरीले
चिनियाँ नागरिक याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, डीङ सेग्फा, जीक्वाङ लिन, टीयान मि र वेन तोङ प्रहरी हिरासतमा छन्।
तिब्बत मूलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङ, बेल्जियन नागरिक दावा छिरिङ, नेपाली नागरिक हर्कराज राई, भन्सार एजेन्ट रुकमिना सुब्बा, कृष्ण श्रेष्ठ र ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्करराज भट्टसहित प्रहरी हिरासतमा छन्।
सरकारी वकिलको कार्यालयले जीवन चलाउनेसहित ३ जनालाई फरार उल्लेख गर्दै २९ जनालाई प्रतिवादी कामय गरेको थियो।
असोज ९, २०८० मंगलबार १६:३६:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।