साताको पहिलो दिन १९ अङ्कले घट्यो सेयर बजार, दुई अर्ब बढिको कारोबार

काठमाडौं : हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ।
यसदिन शेयर बजार परिसूचक नेप्से १९ दशमलव ४२ अङ्कले घटेर दुई हजार १० दशमलव ३५ विन्दुमा झरेर बन्द भएको छ।
आइतवार लघुवित्तबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ। सबैभन्दा धेरै शुभम पावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ।
समग्रमा बजार घटेको दिन आइतबार स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एसियन हाइड्रोपावर कम्पनीको शेयरभने १० प्रतिशतले बढेको छ।
९० लाख तीन हजार कित्ता शेयर दुई अर्ब ३२ करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन्।
असोज ७, २०८० आइतबार १५:२५:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।