गृह जिल्ला इलाम पुगेर नेम्वाङका छोरा सुहाङले भने, ‘बुबाका अधुरा काम पुरा गर्न एमालेसँग सहकार्य गर्छु’

काठमाडौं : संविधान सभा अध्यक्ष एवम् एमोल संसदीय दलका उपनेता स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोरा सुहाङले आफनो बुबाले पुरा गर्न नसकेका बाँकी काम एमालेसँग सहकार्य गरेर पुरा गर्ने बताएका छन्।
गृह जिल्ला इलाममा एमालेले आयोजना गरेको श्रदाञ्जली सभामा बोल्दै उनले बुबाले गर्न बाँकी कामहरु पुरा गर्न पार्टीसँग हातेमालो गर्न आफू तयार रहेको बताएका हुन्।
बुबाको निधनमा सारा देश रोएको बताउँदै उनले राजकीय सम्मानसहित अन्त्येष्टी गरेकोप्रति सरकारलाई आभार समेत व्यक्त गरे।
उनले भने, ‘लोकतन्त्र बलियो बनाउन, विधिको शासन कायम गर्न, संविधानको मर्म अझै बलियो बनाउन बुबाले खेलेको भुमिकाबाट म प्रभावित छुँ।’
असोज २, २०८० मंगलबार १६:४९:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।