विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षविरुद्ध डेढ लाख बढीको भ्रष्टाचार मुद्दा दायर

विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षविरुद्ध डेढ लाख बढीको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : उदयपुरको उदयपुरगढी गाउँपालिका–७ मा रहेको श्री आधारभूत विद्यालय नाङराङ्गेका विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष पूर्णबहादुर क्यापछाकी मगरविरुद्ध एक लाख ९० हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ।

मगरले तत्कालीन प्रधानाध्यापकबाट कागज भरपाई गरी विद्यालयको सो रकम लिई हालसम्म फिर्ता नगरेकाले सार्वजनिक सम्पत्ति हिनामिना भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर हुन आएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए। 

आयोगले एक लाख ९० हजार रुपियाँ बिगो रकम समेत असुल्न मागदाबीसहित मंगलबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको जनाएको छ। 

असोज २, २०८० मंगलबार १५:५९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।