भाषणमा दुःख व्यक्त गरेर मात्र ‘ब्रेन ड्रेन’ रोक्न सकिँदैन : शिक्षामन्त्री राई

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले भाषणमा दुःख व्यक्त गरेर मात्र प्रतिभा पलायन (ब्रेन ड्रेन) रोक्न नसकिने बताएका छन्।
काठमाडौंमा आयोजित राष्ट्रिय शिक्षा दिवस २०८० मूल समारोहको कार्यक्रममा बोल्दै उनले युवालाई राज्यले यथोचित सम्मान पनि दिन सक्नुपर्ने र यथोचित वातावरण पनि दिन सक्नुपर्ने बताए।
प्रतिभालाई स्वदेशमै राख्न सबै सरोकारवाला अग्रसर हुनुपर्नेमा जोड दिँदै मन्त्री राईले शिक्षा क्षेत्रमा आएका सकारात्मक प्रगतिलाई अझै बढाएर लैजानुपर्नेमा जोड दिए।
‘हामी प्रतिभाहरू पलायन भए भन्छौँ। हामीले उनीहरूलाई यथोचित सम्मान दिन नसक्ने, यथोचित वातावरण पनि दिन नसक्ने हो भने स्वभाविक रूपमा ‘ब्रेन ड्रेन’ भइहाल्छ। खाली भाषणमा दुःख व्यक्त गरेर मात्र रोक्न सकिँदैन।’, उनले भने।
असोज २, २०८० मंगलबार १५:३६:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।