गगन थापा भन्छन्, ‘मलाई ४ बर्षपछि कसरी चुनाव जित्ने भन्ने चिन्ता छ’

गगन थापा भन्छन्, ‘मलाई ४ बर्षपछि कसरी चुनाव जित्ने भन्ने चिन्ता छ’

काठमाडौं : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफूलाई चार बर्षपछि कसरी चुनाव जित्ने भन्ने तनाव रहेको बताएका छन्। 

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सबै मान्छे जीवनमा बिहानदेखि बेलुकासम्म तनावमा बाच्ने गरेकाे बताएका हुन्। 

उनले हरेक मानिस जहिल्यै पनि तनावमा रहने गरेको भन्दै सानो तिनो हारलाई पनि सहजै लिन जान्नुपर्ने बताए।

उनले विद्यार्थीले सफलताको भोक राखेर अघि बढ्नुपर्ने बताउँदै जिन्दगीको सबैभन्दा ठूलो कुरा भनेको खुशी कसरी हुने भन्ने रहेको उल्लेख गरे। 

उनले सांसदहरुलाई अर्को चुनाव कसरी जित्ने भन्ने चिन्ता, ५ पटक प्रधानमन्त्री भइसकेको व्यक्तिलाई छैटौं पटक किन भइएन भन्ने चिन्ता र प्रधानमन्त्रीलाई बेलुका पद जाने हो की भन्ने चिन्ता हुने गरेको समेत बताए।

‘म अहिले चुनाव जितेर सांसद छु, मलाई अब ४ वर्षपछि कसरी चुनाव जित्ने भनने तनाव छ। ५ पटक प्रधानमन्त्री भएको मान्छेलाई ६ पटक किन भएन भन्ने तनाव छ।’ उनले भने, ‘अहिले भएको प्रधानमन्त्रीलाई भरे बेलुका प्रधानमन्त्री खुस्केला की भन्ने तनाव छ। सबै मान्छे जीवनमा बिहानदेखि बेलुकासम्म तनावमा बाच्ने रहेछन्।’

महामन्त्री थापाले इमान्दारिताका साथ काम गर्न र फलको आश नगर्न विद्यार्थीलाई आग्रह गरे।

असोज २, २०८० मंगलबार १३:१४:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।