
एशियन पेन्ट्स नेपालले काठमाडौंमा शुरु गर्यो अल्ट्रा लक्जरी होम डेकोर शोरुम ‘ब्युटिफुल होम्स बुटिक’

काठमाडौं : नेपालकै सबैभन्दा ठूलो पेन्ट तथा डेकोर कम्पनी एशियन पेन्ट्स नेपालले गठ्ठाघर, काठमाडौंमा रहेको अपूर्व इन्टरनेशनल प्रा.लि.मा आफ्नो मल्टि क्याटेगरी डेकोर शोरुम ‘ब्युटिफुल होम्स बुटिक’ संचालनमा ल्याएको छ।
‘एशियन पेन्ट्सको ब्युटिफुल होम्स बुटिक’ ले ग्राहकहरुलाई अत्याधुनिक प्राविधिकीय एकीकरणका साथ उत्कृष्ट किनमेलको अनुभव प्रदान गर्न तयार रहेको कम्पनीले जानकारी दिएको छ।
यस प्रविधिले ग्राहकहरुलाई सपनाको घर निर्माण गर्न डिजाइन, परामर्श र कार्यान्वयनको बारेमा विस्तृत अनुभव प्रदान गर्ने बतइएको छ। यो स्टोरको उद्घाटन एशियन पेन्ट्स लिमिटेडका प्रबन्ध निर्देशक तथा सिइओ अमित सिंगलले गरेका थिए।
१ हजार ६ सय वर्ग फिटमा फैलिएको यो नवीन ‘एशियन पेन्ट्सको ब्युटिफुल होम्स बुटिक’ नेपाली ग्राहकहरुका लागि आवश्यक पर्ने सम्पूर्ण डेकोरहरु एकै ठाऊँमा उपलब्ध भएको शोरुम हो।
यो शोरुममा फेब्रिक्स र वाल पेपरहरुदेखि सर्वश्रेष्ठ इन्जिनियरिंङ्गका बाथरुम फिटिङहरु र स्यानिटरी सामग्रीहरु, नवीनतम पेन्ट र वाटरप्रुफिङ उत्पादनहरु, एवं अग्रगामी प्रविधिहरुको व्यवस्थापन छ जसबाट ग्राहकहरुले यी प्रोडक्टहरुको अनुभव लिन सक्नेछन्।
बुटिकको उद्घाटन समारोहमा बोल्दै निर्देशक अमित सिंगलले भने, ‘नेपाल तीव्र गतिमा बढ्दो बजार हो,जहाँ ग्राहकहरुले लक्जरी होम डेकोर उत्पादनहरु, विधिहरु र प्रोत्साहन खोजीरहेका छन् र ग्राहकहरुको यो बढ्दो चाहनालाई सम्बोधन गर्न हामीले ग्राहकहरुको भावना र तिनको घरहरुसंगको गहिरो सम्बन्धलाई सम्मान गर्दै एउटै छाना मुनी सबै प्रकारका होम डेकोर सामानहरु उपलब्ध गराउने चेष्टा गरेका छौं।’
भदौ ३१, २०८० आइतबार १०:३७:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।