‘जवान’ फिल्मबाट हटाइयो नेपालको बुच्चे नक्सा देखाइएको दृश्य

काठमाडौं : हाल प्रदर्शनरत बलिउड स्टार शाहरुख खानको ‘जवान’ फिल्ममा समावेश नेपालको पुरानो (बुच्चे) नक्सा देखाइएको हटाएको छ।
सामाजिक सञ्जालमा चर्को आलोचना हुन थालेपछि चुच्चो नभएको उक्त नक्साको दृश्य हटाइएको केन्द्रीय चलचित्र जाँच समितिले जानकारी दिएको छ।
समितिको निर्देशनमा वितरकले उक्त दृश्य हटाएका हुन्।
फिल्मको कुरा गर्दा शाहरुखको यो फिल्मले नेपाली बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ।
भदौ २४, २०८० आइतबार १७:५३:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।