पाकिस्तानले सार्वजनिक गर्यो भारतविरुद्धको प्लेइङ ११

पाकिस्तानले सार्वजनिक गर्यो भारतविरुद्धको प्लेइङ ११

काठमाडौं : पाकिस्तानले एसिया कप अन्तर्गत सुपर फोरमा भारतविरुद्ध खेल्ने ११ खेलाडीको नाम सार्वजनिक गरेको छ।

आइतबार हुने खेलका लागि पाकिस्तानी क्रिकेट टिमले शनिबार साँझ नै आफ्ना खेलाडीको सूची सार्वजनिक गरेको हो। पाकिस्तानले यसअघि आफ्नो पहिलो सुपर फोरको खेलमा बंगलादेशसँगै खेलेको टिमलाई निरन्तरता दिएको हो।

बाबर आजमको कप्तानीमा रहेको टिममा इमाम उल हक, शाहदाब खान, फकर जमान, सलमान अली आघा, इफ्तिखर अहमद, मोहम्मद रिजवान, फहीम अशरफ, नशीम शाह, शाहीन शाह अफरिदी र हरिश रौफ छन्।

भारत र पाकिस्तानको खेल आइतबार दिउँसो सवा तीन बजेबाट सुरु हुनेछ। जसका लागि एक दि रिजर्भ डेसमेत राखिएको छ। आइतबार दिउँसो पानी परे जहाँबाट खेल रोकिएको छ सोमबार त्यहिँबाट खेल सुरु हुनेछ।

एसिया कपमै पाकिस्तानविरुद्ध भारतले समूह चरणमा पहिलो खेल खेलेको थियो। उक्त खेल वर्षाका कारण रद्द हुँदा दुवै टोलीले अंक बाँडेका थिए।

समूह चरणमा भारत र पाकिस्तान दुवैले नेपाललाई पराजित गरेका थिए। यद्यपि समूह विजेता भने भारत भयो।

भदौ २३, २०८० शनिबार २२:०३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।