एसिया कप : भारत र पाकिस्तानबीचको खेलका लागि ‘रिजर्भ डे’ राखियो

काठमाडौं : एसिया कपको ‘सुपर फोर’ मा भारत र पाकिस्तानबीचको खेलमा ’रिजर्भ डे’ राखिएको छ।
भारत र पाकिस्तानबीचको खेल आउँदो आइतवार कोलम्बोमा हुँदैछ।
यो खेलमा पानी पर्ने सम्भावनालाई मध्यनजर गर्दै एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले ‘रिजर्भ डे’ राखेको हो।
फाइनलमा बाहेक ‘सुपर फोर’ मा ‘रिजर्भ डे’ राखिएको यो पहिलो खेल हो।
यसअघि समूह चरणमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको थियो जसबाट क्रिकेट समर्थक निराश भएका थिए।
कोलम्बोमा केही दिनयता लगातार पानी परिरहेको छ। यस्तो अवस्थामा आइतवार खेल हुनेमा अनिश्चित छ, यही कारण ‘रिजर्भ डे’ राखिएको हो।
आइतवार यदि खेल बीचमा रोकिएको अवस्थामा सोमवार फेरि त्यहीँबाट खेल शुरु हुनेछ। आइतवारको खेलका लागि टिकट काटेका व्यक्तिहरूलाई टिकट सम्हालेर राख्न भनिएको छ।
भदौ २२, २०८० शुक्रबार १६:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।