नेपाल क्लियरिङ्ग हाउसको संचालकमा अमित श्रेष्ठ नियुक्त

काठमाडौं : नेपाल क्लियरिङ्ग हाउसको संचालक समितिको बैंठकले फाइनान्स कम्पनीहरूका तर्फबाट आईसीएफसी फाइनान्स लिमिटेडका डेपुटी प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठलाई संचालक पदमा नियुक्त गरेको छ।
यसअघि संचालक रहेका रिलायन्स फाइनान्सका समाज प्रकाश श्रेष्ठको प्रमुख कार्यकारी अधिकृतमा पदोन्नति भए पश्चात् नेपाल क्लियरिङ्ग हाउसको उक्त संचालक पद रिक्त रहेको थियो।
श्रेष्ठको वाणिज्य बैंक तथा फाइनान्स कम्पनीको क्षेत्रमा २१ वर्षभन्दा बढीको अनुभव रहेको छ।
नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरू मार्फत प्रवर्द्धित यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंक तर्फबाट तीन जना, विकास बैंक र फाइनान्स कम्पनीबाट एक/एक जना तथा स्वतन्त्र सञ्चालकबाट एक जना गरी जम्मा सात जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ।
एनसीएचएलले राष्ट्रिय स्तरको भुक्तानी प्रणालीहरू स्थापना तथा सञ्चालन गर्दै आएको छ।
भदौ १९, २०८० मंगलबार ०९:४५:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।