विराट र रोहितलाई बलिङ गर्नु चुनौती होइन, अवसर हो : ललित राजवंशी

विराट र रोहितलाई बलिङ गर्नु चुनौती होइन, अवसर हो : ललित राजवंशी

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर ललित राजवंशीले भारतीय खेलाडी विराट कोहली र रोहित शर्मालाई बलिङ गर्नुलाई चुनौती नभएर अवसरको रुपमा लिएको बताएका छन्।

भारत र पाकिस्तानसँगको खेलअघि क्यानको आधिकारिक युट्युब च्यानलमा दिएको संक्षिप्त अन्तरवार्तामा राजवंशीले यस्तो बताएका हुन्।

‘विराट कोहली र रोहित शर्मालाई बलिङ गर्नु चुनौती भन्दा पनि अवसर हो,’ उनले भने, ‘मैले उनीहरूको विकेट लिएँ भने र उनीहरूविरुद्ध राम्रो प्रदर्शन गरेँ भने सबैले नोटिस गर्छन्।’

राजवंशीले भारतविरुद्धको खेलका लागि आफूहरूले होमवर्क गरिरहेको र त्यसलाई सोमबारको खेलमा देखाउने बताए। भारतसँग खेल्दा पाकिस्तानसँग खेलेको भन्दा पनि राम्रो प्रदर्शन हुने विश्वास व्यक्त गरे।

पाकिस्तानसँगको खेलबाट आफूले धेरै कुरा सिक्न पाएको भन्दै उनले त्यसलाई आगामी दिनको खेलमा प्रयोग गर्ने बताए।

भदौ १७, २०८० आइतबार २०:२७:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।