टी–२० महिला विश्वकप छनोट ः नेपालले मलेसियालाई ५ रनले हरायो

टी–२० महिला विश्वकप छनोट ः नेपालले मलेसियालाई ५ रनले हरायो

काठमाडौं : नेपालले आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा घरेलु टोली मलेसियालाई पाँच रनले पराजित गर्दै नेपालले प्रतियोगितामा सुखद सुरुआत गरेको छ।

बिहीबार बिहान खेलिएकोे पहिलो खेलमा आयोजक मलेसियालाई पाँच रनले हराएको हो। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ८४ रन बनाएको थियो। 

जवाफी ब्याटिङमा आएको मलेसियाले निर्धारित ओभरमा नौ विकेट गुमाएर ७९ रनमै समेटियो। नेपालका लागि ओपनर सीता राना मगरले अविजित ३८ रनको योगदान गर्दा अप्सरी बेगमले १७ रन बनाइन । 

लामो समय क्रिजमा टिकेकी उनले ३८ बलको सामना गरी एक चौका हिर्काएकी थिइन्।कप्तान रुबिना क्षेत्री १२ रन बनाएर आयट भइन्। । उनले केवल १३ बलको सामना गरी दुई चौका पनि प्रहार गरेकी थिइन्। नेपालले अतिरिक्त रुपमा सात रन पाएको थियो। 

मलेसियाका लागि आइना हमिजाह हासिमले दुई विकेट लिइन् । माहिराह इजाती स्माइल, आइस्या एलिसा र निक नुर एटेलाले एक—एक विकेट लिए।

जवाफी ब्याटिङ गरेको मलेसियाका लागि विनिफ्रेड दुराइसिङ्घमले सर्वाधिक २८ रन बनाइन्। ओपनर आइना हामिजाह हासिमले १४ रन जोडिन् । मस एलिसाले १० रन बनाइन्। अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन्।

नेपालका लागि कविता कुँवर र कविता जोशीले दुई/दुई विकेट लिए। कप्तान रुबिना क्षेत्री र अस्मिना कर्माचार्यले पनि एक/एक विकेट झारे।

भदौ १४, २०८० बिहीबार १०:४८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।