क्रिकेट टीमलाई प्रधानमन्त्रीको भर्चुअल संवाद, भने- ‘राम्रो गर्नूस्, देश तपाईंहरूको साथमा छ’

क्रिकेट टीमलाई प्रधानमन्त्रीको भर्चुअल संवाद, भने- ‘राम्रो गर्नूस्, देश तपाईंहरूको साथमा छ’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टीमलाई जीतका लागि शुभकामना दिएका छन्।

बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल संवाद गर्दै प्रधानमन्त्री प्रचण्डले जीतका लागि शुभकामना व्यक्त गरेका हुन्।

उनले भने, ‘सिङ्गै नेपाल सरकार, नेपाली जनता तपाईंहरूको साथमा छन्। पहिलोचोटी एसिया कप खेल्दै हुनुहुन्छ। यो एउटा हिस्टोरिकल अपरच्युनिटी हो। मेरो तर्फबाट बेस्ट अफ लक। राम्रो गर्नूस्, देश तपाईंहरूको साथमा छ।’

शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रको विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएको बताए।

भर्चुअल बैठकमा नेपाली टीमका क्याप्टेन रोहित पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराए।

नेपालले आज घरेलु टिम पाकिस्तानविरुद्ध मुल्तान क्रिकेट स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा तीन बजे खेल्दैछ।

त्यसअघि पौने तीन बजे नेपाली गायिका त्रिशाला गुरुङले पाकिस्तानी गायिका आइमा बेगसँग मिलेर सांगीतिक प्रस्तुति दिनेछिन्।

भदौ १३, २०८० बुधबार ११:२६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।