एसिया कपमा नेपालसँग खेल्नु ठीक अगाडि पाकिस्तान बन्यो विश्व नं १ टिम

एसिया कपमा नेपालसँग खेल्नु ठीक अगाडि पाकिस्तान बन्यो विश्व नं १ टिम

एजेन्सी : एसिया कपमा नेपालसँग खेल्नु ठीक अगाडि पाकिस्तान विश्व नं १ ओडीआई (एकदिवसीय) टिम बनेको छ। 

अफगाानिस्तानलाई तेस्रो एकदिवसीय खेलमा ५९ रनले हराउँदै सिरिज क्लिनस्वीप गरेसँगै पाकिस्तान आईसीसीको एकदिवसीय वरियतामा शीर्षस्थानमा उक्लिएको हो।

नयाँ विरयताक्रम अनुसार एसिया कपमा नेपालको अर्को प्रतिद्वन्द्वी भारत तेस्रो स्थानमा छ। नेपाल भने वरियतामा १५औं स्थानमा छ। जहाँ अष्ट्रेलिया दोस्रो, न्युजिल्यान्ड चौथो र इंग्ल्यान्ड पाँचौं स्थानमा छन्।

एसिया कपअघिको सिरिजको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६८ रन बनाएको थियो।

जसका लागि मोहम्मद रिजवानले सर्वाधिक ६७ र कप्तान बाबर आजमले ६० रनको योगदान दिए। यी दुईले तेस्रो विकेटका लागि १ सय १० रनको शतकीय साझेदारी गरेका थिए। 

जवाफमा २ सय ६९ रनको विजय लक्ष्य पच्छ्याएको अफगानिस्तान ४८.४ ओभरमा २ सय ९ रनमा अल आउट भयो। अफगानिस्तानका लागि स्पिनर मुजिबउर रहमानले सर्वाधिक ६४ रन बनाएका थिए।

पाकिस्तानका लागि शादब खानले ३ विकेट लिएका थिए।

भदौ १०, २०८० आइतबार ०८:१८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।