पैसाले भरिएको ट्रकमा ‘महाजात्रा’, विपिन र वर्षासँगै थपिए हरिवंश पनि

काठमाडौं : जात्रा निर्देशक प्रदीप भट्टराईले चलचित्र महाजात्राको पोस्टर सार्वजनिक गरेका छन्।
चैत ९ गते प्रदर्शन मिति तोकेर निर्देशक भट्टराईले फिल्मको पोस्टर सार्वजनिक गरेका हुन्।
सार्वजनिक पोस्टरमा पैसाले भरिएको ट्रकको पछाडिपट्टीको भाग देखाइएको छ। जुन ट्रक साहित्यले भरिएको छ।
ट्रकको पछाडि लेखिएको छ– ‘आँखा लाइस् कि जुत्ता खाइस्’, ‘सत्य डग्दैन, झुटो टिक्दैन’, ‘जीवन जात्रा हो’।
फिल्ममा ‘जात्रा’ र ‘जात्रै जात्रा’का कलाकारहरू विपिन कार्की, वर्षा राउत, रविन्द्रसिंह बानियाँ र रविन्द्र झाका साथै हरिवंश आचार्यसमेत जोडिने भएका छन्।
षट्कोण आर्ट्सले बनाउन लागेको फिल्मका कार्यकारी निर्माता कलाकार बानियाँ नै हुन् भने म्याक्स दीपेश खत्री र यज्ञेश्वर खत्री फिल्मका निर्माता हुन्।
सन् २०१६ मा ‘जात्रा’ रिलिज भएको थियो भने त्यसको दुई वर्षपछि सन् २०१९ मा फिल्म ‘जात्रै जात्रा’ रिलिज भएको थियो। त्यसको पाँच वर्षपछि फिल्म ‘महाजात्रा’ बन्न लागेको हो।
भदौ ९, २०८० शनिबार १६:२६:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।