स्पेनिस लिगमा रियलको लगातार तेस्रो जित, बेलिङहमले अन्तिम समयमा गरे निर्णायक गोल

स्पेनिस लिगमा रियलको लगातार तेस्रो जित, बेलिङहमले अन्तिम समयमा गरे निर्णायक गोल

एजेन्सी : रियल म्याड्रिडले स्पेनिस लिगमा लगातार तेस्रो जित हात पारेको छ। बेलिङहमको निर्णायक गोलमा रियल म्याड्रिडले ला लिगामा गए राति सेल्टा भिगोलाई १-० ले हरायो। 

सेल्टालाई उसको घरेलु मैदानमा हराउन बेलिङहमले खेलको ८१ औं मिनेटमा निर्णायक गोल गरेका थिए।

खेलको ६८ औं मिनेटमा रियलले पेनाल्टी पनि पाएको थियो। तर रोड्रिगोको पेनाल्टीलाई सेल्टाका किप्परले बचाएका थिए।

तर यसपछि खेल सकिन ९ मिनेट बाँकी छँदा बेलिङहमले गरेको गोल नै रियललाई खेल जित्न पर्याप्त भयो। लिगमा यो लगातार तेस्रो जितपछि स्पष्ट ९ अंकसहित रियल लिगको शीर्ष स्थानमा छ।

भदौ ९, २०८० शनिबार ०९:०१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।