सुन तस्करीमा जोडिएका चीनियाँको प्रेमिकाहरू भारतीय, धुम्बाराही र मण्डिखाटारमा फ्ल्याट

काठमाडौं : ६० किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका चिनियाँ नागरिकहरूको प्रेमिकालाई पनि प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेकाहरू भारतीय मुलुका युवतीहरू हुन्। उनीहरूलाई चिनियाँ नागरिकले धुम्बाराही र मन्डिखाटारमा फ्ल्याटै लिएर राखेको खुलेपछि प्रहरीले छापा मारेर नियन्त्रणमा लिएको थियो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको हिरासतमा अहिले चिनियाँ मूलका नौजना आरोपीहरूसहित भियतनामी र नेपाली नागरिकहरू रहेका छन्।
उनीहरूको सम्पर्क सञ्जालबारे अनुसन्धान गर्ने क्रममा केही युवतीहरू समेत देखिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएर छापा मारेको थियो।
छापा मार्दा चिनियाँ नागरिकहरू उनीहरू बस्ने फ्ल्याटमा जाने गरेको खुल्यो। प्रहरीले पक्राउ गरेका सबै युवती भारतीय मुलका रहेको र उनीहरू चिनियाँ नागरिकको प्रेमिकाको रूपमा नेपालमा बस्ने गरेको देखिएको ब्यूरो स्रोतले बतायो।
स्कुटरको ब्रेशुभित्र लुकाएर ल्याएको सुनबारे पहिला राजश्व अनुसन्धान विभागले अनुसन्धान गरेर पछि ब्यूरोलाई हस्तान्तरण गरेको थियो। एक सय ५५ किलो देखिएको ब्रेक शुभित्र रहेको सुन निकाली पगालेर जोख्दा ६० किलो निस्किएको थियो।
सो समूहले सङ्गठित रूपमै नेपालमा सुन तस्करी गर्ने गरेको देखिएको छ। सोही अनुसार ब्यूरोले सङ्गठित अपराध र तस्करीमा अनुसन्धान गरिरहेको छ।
भदौ ८, २०८० शुक्रबार २२:०४:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।