सुन तस्करीका ‘नाइके’ दावासँग सम्बन्ध देखिएपछि मन्त्रालय तानिए अध्यागमन प्रमुख

सुन तस्करीका ‘नाइके’ दावासँग सम्बन्ध देखिएपछि मन्त्रालय तानिए अध्यागमन प्रमुख

काठमाडौँ : ६० किलो सुन तस्करीमा संलग्न दावा छिरिङसँग बाक्लो सम्बन्ध रहेको सार्वजनिक भए लगत्तै गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई मन्त्रालयमा तानेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका दाबा र अधिकारीबिच विच्याटमा भएको कुराकानी सिधाकुराडटकमले सार्वजनिक गरेको थियो।

विच्याटमा प्रस्टै दुबैजनाविच सामान ‌ओसारपसार र रकम लेनदेनको कुराकानी भएको देखिन्छ। अध्यागमनको प्रमुखको जिम्मेवारीमा रहेका व्यक्ति सुन तस्करीको नाइके भनिएकासँग जोडिएपछि बिहीबार मन्त्रालयले उनलाई विभागबाट मन्त्रालयमा तानेको मन्त्रालय स्रोतले भन्यो। उनलाई अतिरिक्त शाखामा हाजिर गराइएको छ।

उनी सीआईबीको अनुसन्धानको दायरामा समेत आउन सक्नेछन्। उनी आठ महिना अगाडि अध्यागमनमा सरुवा भएका थिए। उनी र दावाबिचको सम्बन्ध सार्वजनिक भएपछि बिहीबार गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैँले चासो राखेका थिए।

अधिकारीले दावासँगको सम्बन्धबारे गोलमटोल जवाफ दिएपछि श्रेष्ठले उनलाई मन्त्रालयमा तान्न निर्देशन दिएको स्रोतले जानकारी दियो।

भदौ ७, २०८० बिहीबार १४:४३:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।