धादिङ दुर्घटना अपडेट : १३ घाइते काठमाडौं रेफर, ४ जनाको मलेखु अस्पतालमा उपचार हुँदै

काठमाडौं : काठमाडौंबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश३ ०१-००५ ख ९९५२ नम्बरको बस त्रिशूली नदीमा खस्दा आठ जनाको मृत्यु भएको छ।
१७ जना घाइतेमध्ये १३ जनालाई काठमाडौ रेफर गरिएको छ भने बाँकी चार जनाको मलेखु अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ।
बसमा थप अन्य केही पनि हुनसक्ने आशंकमा सशस्त्र प्रहरीको गोताखोरले खोजी गरिरहेको छ।
बुधबार ११ः१५ बजेतिर पृथ्वी राजमार्ग अन्तर्गत गजुरी र मलेखुको बीचमा पर्ने धादिङको गजुरी गाउँपालिका–१, छहराबाट यात्रुबाहक बस त्रिशूली नदीमा खसेको हो।
उद्धारका लागि घटनास्थलमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक मनिष थापाको कमान्डमा ८१ जना तथा अन्य सुरक्षा निकाय समेत परिचालनसमेत परिचालित छन्।
बिहानैदेखि वर्षा भएर त्रिशुली नदीका बहाव बढेका कारण खोजीमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। यद्यपि सशस्त्र प्रहरीले गोताखोरको टोली सक्रिय छ।
भदौ ६, २०८० बुधबार १४:०७:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।